काठमाण्डौः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर बलियो बोको बनाउने काम गरेको बताएका छन् ।
काठमाडौंमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र जोगाउन प्रयास गरिरहेको गभर्नरलाई, अर्थतन्त्र बुझेका मान्छेलाई सरकारले गभर्नरबाट निलम्बन गरेर हटाउने काम गरेको बताएका हुन ।
उनले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दै गरेको गभर्नरलाई हटाएर निर्लज्जता प्रकट गरेको बताए । साथै उनले माओवादी केन्द्र निकट भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा गभर्नरको बारे छानविन गर्न एउटा छानवीन समिति बनाएको आरोप पनि लगाए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया