असार २३, २०८२ सोमबार July 7, 2025

उम्मेदवार टुंगो लगाउन कांग्रेसले सात प्रदेशमा सात सहमहामन्त्री खटाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीका सात जना सहमहामन्त्रीलाई उम्मेदवारको टुंगो लगाउन सात प्रदेशमा पठाउने निर्णय गरेको छ ।

आज बसेको बैठकले नगरपालिका र गाउँपालिकाका उमेदवारको टुंगो लगाउन वैशाख ३ गते सहमहामन्त्रीलाई सात प्रदेशमा पठाउने निर्णय गरेको हो ।

उनीहरूलाई प्रदेशमा उमेदवार टुंगो लगाउने जिम्मेवारी दिइएको छ । प्रदेशमा उम्मेदवारको टुंगो लगाउन नसके वैशाख ९ गते साँझसम्म केन्द्रमा नामावली पठाउने र केन्द्रले वैशाख १० गते बिहानसम्म टुंगो लगाउने निर्णय गरेको छ ।

वैशाख २ गते केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बोलाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया