असार २३, २०८२ सोमबार July 7, 2025

उम्मेदवार छनौट गर्न काँग्रेस निर्वाचन परिचालन कमिटीको बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ पाँचदलीय  नेतृत्व गरिरहेको नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समिति बैठक आज (शुक्रबार) बस्दै छ ।

आज दिउँसो १ बजे बस्ने बैठकमा उम्मेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उम्मेदवारलाई कसरी जिताउने लगायत विषयमा छलफल हुने बताइएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नगरपालिका र गाउँपालिकाका उम्मेदवारको टुङ्गो लगाउने जिम्मा सहमहामन्त्रीहरुलाई दिएको छ । उनीहरुलाई प्रदेश छुट्याएको जिम्मेवारी बाँडिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया