असार २१, २०८२ शनिबार July 5, 2025

‘ए’ डिभिजन लिगमा मनाङ र संकटा भिड्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । मनाङ मर्स्याङ्दी गत वर्षको लिग च्याम्पियन टिम हो । अनि संकटा क्लब मनाङभन्दा पछि रहँदै उपविजेता बनेको थियो । गत वर्ष मनाङले लगातार १२ खेल जित्दै लिग उपाधि पक्का गरे पनि अन्तिम खेलमा हार व्यहोरेको थियो । संकटाले पनि लिगमा उत्कृष्ट प्रदर्शन गरेको थियो।

यस पटक मनाङले उपाधि रक्षा गर्ने अभियानलाई कायम राख्दै आठौं चरणसम्म अपराजित रहने एक्लो टोली बनेको छ । संकटाले भने गत सिजनजस्तो प्रदर्शन देखाउन सकेको छैन ।

यही दुई टिम लिगमा आज भिड्दैछन् । आज हुने एकमाa खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हनेछ ।

मनाङको लागि दोस्रो स्थानमा उक्लने अवसर पनि छ । ८ खेलबाट १६ अंकसहित मनाङ तेस्रो स्थानमा छ। ९ खेलबाट २० अंकसहित आर्मी पहिलो र समान खेलबाट १९ अंक जोड्दै मछिन्द्र दोस्रोमा छ ।

मनाङले यी दुवै क्लबसँग खेलिसकेको छ । यस्तै अर्को उपाधि दाबेदार मानिएको थ्री स्टारसँग पनि खेलिसकेको छ । मनाङले ८ मध्ये ४ खेल जित्दा ४ खेलमा बराबरी खेलेको थियो ।

उता, ८ खेलबाट १२ अंकसहित संकटा सातौं स्थानमा छ। मनाङलाई पराजित गर्ने सके संकटा पनि चौथो स्थानमा उक्लनेछ । गत वर्ष दोस्रो भएकाले यस सिजन पनि दोस्रो नै हुने लक्ष्य रहेको संकटाका प्रशिक्षक विजय महर्जनले पहिलो खेलपछि बताएका थिए । पहिलो खेलमा संकटा च्यासलसँग २–० ले पराजित भएको थियो । संकटाले ८ मध्ये ३ खेल जित्दा ३ बराबरी खेलेको थियो भने दुई खेलमा हार व्यहोरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार