काठमाण्डौंः पाँच दलीय गठबन्धनको बैठकले अन्य दलहरुसँग भएको तालमेल तत्काल खारेज गर्ने निर्णय गरेको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादर देउवा अध्यक्षतामा बसेको बैठकले सहमति विपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरु तत्काल फिर्ता लिने निर्णय गरेका हुन् ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘पाँच दलीय गठबन्धनबीच यस अघि केन्द्रबाट भएको सहमति अनुसार ६ महानगरपालिकार ११ उपमहानगरपालिकाका प्रमुख र उप–प्रमुख पदमा भएको सहमति बिपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरु तत्काल फिर्ता लिने ।’
गठबन्धन बाहिरको तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने निर्णय समेत भएको छ ।
बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, जसपा अध्यक्ष उपेन्द्र यादवको सहभागिता थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया