असार २४, २०८२ मंगलबार July 8, 2025

रोल्पाको थबाङमा माओवादी केन्द्र विरुद्ध कांग्रेस, एमाले र विप्लवबीच गठबन्धन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आसन्न स्थानीय तहको निर्वाचनका लागि रोल्पाको थवाङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले) र विप्लव नेतृत्वको नेकपाबीच गठबन्धन भएको छ ।

कांग्रेस, एमाले, विप्लव नेतृत्वको स्वतन्त्रसहित पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि सो गठबन्धन बनेको हो । कांग्रेसका कोषाध्यक्ष बमबहादुर रोकाले भने, ‘हामीले थबाङमा स्वतन्त्र उम्मेदवारलाई सघाउने गरेर अध्यक्षको मनोनयन फिर्ता लिने निर्णय गर्यौँ ।’’

कांग्रेसबाट थबाङमा रमेश रोकाले उम्मेदवारी दिनुभएको थियो । नेकपा एमालेबाट उम्मेदवारी दिएका नकस घर्तीले पनि मनोनयन फिर्ता लिएका छन् । नेकपाले अमित घर्तीलाई अगाडि सार्न खोजेको थियो । नेकपाबाट मात्रै अमित घर्ती, अजय घर्ती, दर्जित रोकामगर र महेश बुढामगरको उम्मेदवारी परेको थियो । अन्तिममा तीनै दलमा दर्जितको नाममा सहमति भएको थियो ।

नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढाले भने, ‘दर्जितलाई हाम्रो समर्थन हो, उनको नाममा सबैको सहमति बनेको छ ।’ विसं २०७४ को स्थानीय तहको चुनावमा थबाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेको थियो ।

यसपटक माओवादी केन्द्रका विरुद्ध कांग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपा एक ठाउँमा उभिएका छन् । रोल्पामा १० स्थानीय तहबाट उम्मेदवारी दिएकामध्ये ११४ जनाले फिर्ता लिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया