श्रावण ५, २०८२ सोमबार July 21, 2025

इन्टरनेट सेवा बन्द हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासङ्घले इन्टरनेट सेवा बन्द हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

इन्टरनेट सेवा प्रदायकहरूले विदेशबाट ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटही सिफारिस एवं महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले औँल्याएको बेरुजुका कारण यस्तो अवस्था सृजना भएको भन्दै क्यान महासङ्घले चिन्ता व्यक्त गरेको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै क्यान महासङ्घले सम्बन्धित निकायहरूलाई जिम्मेवार हुँदै वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ ।

शुक्रवार मात्रै इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले विदेशी मुद्रा कारोबारमा लागेको रोकका कारण अर्को हप्ताबाट देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने अवस्थाबारे जानकारी गराएको थियो । नेपालमा इन्टरनेट सेवा बाहिरबाट ब्यान्डविथ किनेर सञ्चालन हुने गरेको छ ।

नेपालमा इन्टरनेट सेवा प्रदायकले उक्त ब्यान्डविथ प्रयोगको भुक्तानी विदेशी मुद्रामा गर्नुपर्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया