असार २४, २०८२ मंगलबार July 8, 2025

काँग्रेसको जनसम्पर्क उपसमितिमा १७ सदस्यीय थपिए (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली काँग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा सदस्य थप गरेको छ ।

काँग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर पार्टीका केन्द्रीय सदस्य उदय शमशेर राणाको संयोजकत्वमा गठन गरिएको विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिमा आज १७ सदस्य थप गरेको हो ।

काँग्रेसले तेजेन्द्र कार्की (जर्मनी), रामप्रसाद चालिसे (स्विडेन), पुष्पा मिश्र (साइप्रस), मन्जीत जाम्लिङ राई (कुवेत), शेरबहादुर राउत (बहराइन), दीपक रेग्मी (साउदी अरब), तिलक चन्द ठकुरी (मलेसिया), नवीनकुमार पङ्गेनी (ओमान), शिवराम भण्डारी (फ्रान्स) र शुक्रराज न्यौपाने (आयरल्यान्ड)लाई उप–समितिमा राखेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यस्तै, राजेन्द्र खनाल (इजरायल), डा एलिनी पोखरेल (पोल्यान्ड), जगतबहादुर शाह (हङकङ), सन्दीप राना (भारत), कृष्ण केसी (अमेरिका), सन्देश केसी (माल्टा) र जीवन कुँवर (अस्ट्रिया)लाई सदस्यमा मनोनयन गरिएको छ । संयोजक राणाले उपसमितिको सदस्यसचिवमा जनसम्पर्क समिति डेनमार्कका पूर्व सभापति एवम् पार्टीका महासमिति सदस्य वीरेन्द्रसिंह कार्की नियुक्त गर्नुभएको छ ।

यसअघि पार्टी उपसभापति एवम् स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले आसन्न स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय सदस्य राणाको संयोजकत्वमा विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवम् परिचालन उपसमिति गठन गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया