असार २४, २०८२ मंगलबार July 8, 2025

नेकपा विप्लवको दोस्रो एक्शनमा दीपक चलाउने र गुणराज लोहनी (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेत्रविक्रम चन्द (विप्लव) बाट पार्टीका केन्द्रीय सदस्यद्वय दीपक चलाउने र गुणराज लोहनी निलम्बनमा परेका छन् ।

स्थानीय चुनावलाई प्रयोग गर्ने नीतिविरुद्ध अफवाह फैलाएको लगायतका विविध आरोपहरु लगाउँदै उनीहरुलाई निलम्बन गरिएको हो ।

केन्द्रीय समिति सचिवालयलको बैठकको निर्णयअनुसार उनीहरुलाई जिम्मेवारीबाट मुक्त गरी निलम्बन गरिएको पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) द्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यसअघि विप्लवले धर्मेन्द्र बाँस्तोला (कञ्चन) र हेमन्तप्रकाश ओली (सुदर्शन) लाई पनि पार्टीबाट हटाएका थिए । त्यसपछि चितवनमा बुधवार बसेको बाँस्तोला र ओली पक्षीय नेताहरुको बैठकले महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई नै कारबाही गर्ने निर्णय गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया