असार २४, २०८२ मंगलबार July 8, 2025

संयुक्तरुपमा मतदाताको घर घरमा जानुस् : अध्यक्ष नेपाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वाम–लोकतान्त्रिक प्रगतिशिल र दक्षिणपन्थी गठबन्धनको बीचमा सङ्घर्ष भएको बताएका छन् ।

संविधान जोगाउने, सुशासन कायम गर्ने, गणतन्त्रका हिमायती, धर्मरिनपेक्षताका पक्षधर प्रगतिशिल गठबन्धनको पक्षमा रहेको उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले यही गठबन्धनको पक्षमा मतदात गर्न आम मतदातालाई आग्रह गरे ।

पाँच दलीय गठबन्धनका तर्फबाट आज यहाँ आयोजित संयुक्त जनसभालाई सम्बोधन गर्दै उनले दुई तिहाई जनमतलाई खण्डित गरेर प्रतिगामी पथमा अग्रसर हुने प्रवृत्तिलाई परास्त गर्ने ध्येयका साथ आफूहरुकाबीचमा सहकार्य भएको बताए ।

अध्यक्ष नेपालले भने, “केपी ओलीको कार्यकालयमा कही नभएको जात्रा देख्न पाइयो, त्यस्तो जात्रा देखाउनेलाई बिर्सेर पनि मत दिनु हुँदैन ।” अनुचित कुरा समाप्त पार्न, भ्रष्टचारको अन्त्य गर्न, सुशासनको प्रत्याभूति दिलाउन, कृषिको विकास, उद्योगधन्दाको विकास तथा  शिक्षा र स्वास्थ्य सुविधा उपलब्ध गराउने, स्वच्छ सफा हराभरा बस्ती बनाउने, पर्यावरणमैत्री अर्थतन्त्र बनाउने उद्देश्यका साथ देशवयापीरुपमा गठबन्धन अगाडि बढेको अध्यक्ष नेपालको भनाइ छ ।

गफ गरेर होइन, कामबाट जनताको मन जित्न आग्रह गर्दै उनले अहङ्कार र दम्भले कोही कसैको फाइदा नहुने स्पष्ट पारे । उनले भने, “गफैँ गफले जनतालाई मुर्ख बनाउन सकिन्छ भन्ने केहीले ठानेका होलान्, तर त्यो सफल हुँदैन ।”

नेता नेपालले फोहोरमैलाको व्यवस्थापन गर्न, खानेपानीको उचित प्रबन्ध गर्ने उद्देश्यका साथ काम गर्न र इमान्दार भएर लागिपर्न आग्रह गर्दै आम जनतालाई आह्वान गर्नुपर्ने बताए। उनले भने, “हामीले अनुचित काम केही गरेका छैनौँ, देश र जनताको निम्ति जविन समर्पित गरेका छौँ भनेर जनतालाई आग्रह गरौ, यसबाट मतदाताले हामीलाई विश्वास गर्छन् ।”

संयुक्तरुपमा मतदाताको घर घरमा जान र प्रष्ट पार्न आग्रह गर्दै उनले नमिलेका स्थानमा मिलाउन एवम् प्रभावकारीरुपमा निर्वाचनको कार्यक्रम बनाउन आग्रह गरे। मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वकालमा वृद्धभत्ताको शुरुवात गरेको अध्यक्ष नेपालले स्मरण गरे । उनले परिवर्तनको पक्षमा मतदान गर्ने वातावरण बनाउन सबै पक्षको सार्थक सहयोग आवश्यक रहेको बताए।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार