काठमाण्डौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनले हिजो पनि देशलाई राजनैतिक दुर्घटनामा बचाएको र भोलि पनि बचाउने बताउनुभएको छ ।
कैलालीको धनगढीमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले लोकतान्त्रिक बाम गठबन्धनका रुपमा आफूहरू निर्वाचनमा अघि बढेकाले जनतामा उत्साह थपिएको बताउनुभयो ।
आमसभामा नेपाली काँग्रेसका सह महामन्त्री फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्य एव प्रथम महिला आरजु राणा देउवा, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रवेश हमाल, केन्द्रीय सदस्य दीर्घ सोडारी, काँग्रेस केन्द्रीय सदस्य तथा धनगढी उपमहानगर पालिकामा मेयर पदका उम्मेदवार नृप बहादुर वड लगायतले स्थानीय तहको निर्वाचनमा गठबन्धनमा उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया