असार २९, २०८२ आइतबार July 13, 2025

निजी विद्यालयले दुई दिन बिदा नदिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः निजी विद्यालय सञ्चालकहरूले सरकारको दुई दिन बिदा दिने निर्णय शिक्षा क्षेत्रमा अव्यावहारिक भएको भन्दै नमान्ने जनाएका छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको दुई दिन बिदा दिनेबारे सरोकारवालासँगको छलफल कार्यक्रममा निजी शैक्षिक संस्थाहरूले दुई दिन बिदा नेपालको शैक्षिक क्षेत्रमा कार्यान्वयन गर्दा कक्षाकोठामा शिक्षण सिकाइमा नकरात्मक असर पएकाले नमान्ने स्पष्ट धारणा राखेको राष्ट्रिय निजी तथा आवासिय विद्यालय सञ्चालक नेपाल (एनप्याब्सन) का सहअध्यक्ष सुवास न्यौपानेले जनाए। एक शैक्षिक सत्रमा एक सय ८० दिन कक्षाकोठामा शिक्षण सिकाइ हुनुपर्छ भने एक शैक्षिक सत्रमा २ सय २० दिन विद्यालय खोल्नुपर्ने पाठ्यक्रमले तय गरेको छ।

‘मन्त्रालयमा भएको छलफलमा हामी निजी शैक्षिक सञ्चालकहरूका तर्फबाट हामीले दुई दिन बिदा नमान्ने धारणा स्पष्ट राख्यौं,’ सहअध्यक्ष न्यौपानेले नागरिकसँग भने, ‘कि त पाठ्यक्रमले निर्धारण गरेको विषयबस्तु घटाउनुपर्‍यो, नत्र निजी विद्यालयले शनिबार मात्र एक दिन बिदा गर्छ भनी हामीले स्पष्टसँग कुरा राख्यौं।’ उनले थपे, ‘नेपालको सन्दर्भमा जातीय, पर्व, आकस्मिकलगायतका बिदा त्यसै धेरै छन्। शनिबार एक दिन बिदा दिँदा त विद्यार्थीहरू पढाएको विषयबस्तु भुल्ने गर्छन्, दुई दिन बिदा विद्यार्थीको शिक्षण सिकाइमा नकरात्मक असर पर्छ। सिकाइ अपुरो हुन्छ। सरकारको यो निर्णय हामी मान्दैनौं।’

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सञ्चालक संघ (हिसान) का महासचिव लोकबहादुर भण्डारीले पनि सरकारी कार्यालयहरूमा दुई दिन बिदा सान्दर्भिक भए पनि शिक्षा क्षेत्रमा असान्दर्भिक भएको जनाए। उनले हिसानको पनि धारणा दुई दिन बिदा नमान्ने नै हुने तय गरिने जनाए। ‘विदेशमा दुई दिन बिदा दिने चलन छ। त्यहाँ बिदाको समयमा शिक्षक र विद्यार्थीको तालिम, सिप तथा सिर्जनात्मक कार्यमा सदुपयोग हुन्छ,’ महासचिव भण्डारीले नागरिकसँग भने, ‘तर नेपालमा काम गर्ने तौरतरिकामा इमान्दारी छैन। दुई दिन बिदा दिनासाथ अन्य तरिकाले खर्च हुने प्रवृत्ति कायम हुन्छ।’ उनले थपे, ‘हिसानअन्र्तगत १३ सय शैक्षिक संस्था आबद्ध छन्। हामी दुई दिन बिदा मान्ने पक्षामा छैनौं।’

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले छलफलमा दुई दिने बिदाबारे सरकारी विद्यालयको सन्दर्भमा कुनै आपत्ति नभएको जनाए। ‘केन्द्रमा छलफल हुँदा हामीले मान्नु पर्छ,’ उनले भने, ‘तर पाठ्यक्रमले निर्धारण गरेको एक हजार २५ क्रेडिट आवरलाई कसरी व्यवस्थापन गर्नेबारे गहन छलफल गर्नुपर्छ ।’ उनले थपे, ‘दुनियाँका एक सय २५ देशमा शनिबार र आइतबार बिदाको व्यवस्था छ। १९ देशमा शनिबार पूरा र शुक्रबार आधा दिन बिदाको व्यवस्था छ भने १९ देशहरूमा शुक्रबार र शनिबार बिदाको व्यवस्था छ। नेपालमा कार्यन्वयन गर्न पाठ्यक्रमलाई व्यवस्थित गरी जानुपर्छ।’

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सरकारको निर्णय कसरी कार्यन्वयनतर्फ लैजानेबारे मन्त्रालयमा सरोकारवालाबीच छलफल भएको जनाउँदै उनले अर्को बैठकमा निष्कर्ष निकालिने जनाए। ‘विद्यार्थीको शिक्षण सिकाइमा कुनै नकारात्मक असर नपर्ने गरी दुई दिन बिदाको व्यवस्थापनतर्फ हाम्रो छलफल हो,’ प्रवक्ता शर्माले भने, ‘प्याब्सन, एनप्याब्सन, हिसान र शिक्षक महासंघसँग मन्त्रालयले सुझाव मागेको छ। उपयुक्त उपायका साथ अघि बढने हो।’ नागरिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार