श्रावण ५, २०८२ सोमबार July 21, 2025

फेसबुकले लोकेसन ट्र्याक गर्ने फिचर हटाउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः फेसबुकले रियल-टाइम लोकेसनसँग सम्बन्धित केही फिचर बन्द गर्ने भएको छ । कम्पनीले उपलब्ध गराउँदै आएको नियरबाई फ्रेन्ड, वेदर अलर्ट, लोकेसन हिस्ट्री, ब्याकग्राउन्ड लोकेसनजस्ता फिचर प्रयाेगकर्ताले खासै प्रयोग गरिरहेका छैनन् ।

प्रयोगकर्ताले नै नरुचाएपछि कम्पनीले यी फिचर बन्द गर्न लागेकाे हाे । जसले यसअघि यी फिचर प्रयोग गरेका छन्, उनीहरूलाई यही मे ३१ बाट डेटा संकलन बन्द हुनेभन्दै नोटिफिकेसनमार्फत जानकारी दिइएको छ । साथै आउँदो अगस्ट १ भित्र हालसम्म संकलन भएका डेटासमेत सबै डिलिट गरिसक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले नियरबाई  फ्रेन्ड,  वेदर अलर्ट, लोकेसन हिस्ट्री, ब्याकग्राउन्ड लोकेसनका लागि लोकेसनको डेटा संकलन बन्द गर्ने भएपनि अन्य प्रयोजनका लागि भने प्रयोगकर्ताको लोकेसन संकलन हुनेछ ।

‘प्रयोगकर्ता सुहाउँदो कन्टेन्ट तथा विज्ञापन उपलब्ध गराउन लोकेसन आवश्यक पर्छ,’ फेसबुकका प्रवक्ताले भनेका छन, ‘त्यो हुँदा लोकेसनको डेटा आवश्यक पर्छ । जुन कुरा कम्पनीको डेटा पोलिसीमै उल्लेख छ ।’ टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया