काठमाण्डौ्ः नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित बैतडीको पाटन नगरपालिका वडा न.१ का वडाध्यक्ष गणेश भट्टराई नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
उनले आफ्नो कार्यकालको उत्तरार्धमा पार्टी परित्याग गरेका हुन् । यसअघि माओवादी केन्द्रमा आबद्ध भट्टराईले आसन्न निर्वाचनको मौन अवधि सुरु भएपछि पार्टी परित्याग गरेका हुन् ।
उनलाई एमाले प्रदेश कमिटी अध्यक्ष तथा प्रतिनिधिसभा सांसद दामोदर भण्डारीले पार्टीमा स्वागत गरेका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया