श्रावण १, २०८२ बिहिबार July 17, 2025

मताधिकार भएका सबै नागरिकलाई मतदानमा भाग लिन प्रधानमन्त्रीको आव्हान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा मताधिकार भएका सबै नागरिकलाई मतदानमा भाग लिन आव्हान गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले मंगलबार एक अपिल जारी गर्नुहुँदै स्थानीय तहलाई कानुनतः सबल र समृद्ध बनाउने प्रतिबद्धता अनुसार काम भइरहेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन लोकतन्त्रको आधार भएकाले यो अभियानका निर्भीकताका साथ  सहभागी भई मतदानमा भाग लिन आव्हान गर्नुभएको छ ।

स्थानीय तह निर्वाचन २०७९ का लागि देशभरका ७ सय ५३ पालिकाका सबै मतदान केन्द्रमा मतदान सामग्री पुर्‍याइएको  छ ।

निर्वाचन कार्यक्रम अनुसार मतदान हुन ३ दिन अघि नै मतदान सामग्री पुर्‍याउनु पर्ने भएकाले ७ सय ५३ पालिकाका १० हजार ७ सय ५६ मतदान  स्थलमा मतदान अधिकृत सहितको सामग्री पुगेको निर्वाचन आयोगले जनाएको छ ।

देशभरका मतदान केन्द्रमा १ लाख ९ हजार ८८ कर्मचारी र ६५ हजार ८ सय ५६ स्वयंसेवक परिचालन हुनेछन् । यसैबीच स्थानीय तह निर्वाचन सहजता पूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पनि पूरा भएको छ ।

स्थानीय तह निर्वाचन सुरक्षाका लागि २ लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार