असार २४, २०८२ मंगलबार July 8, 2025

एमाले अध्यक्ष ओलीको अपिल-चलखेल गर्नेको पहिचान गरी सम्बन्धित निकायमा खबर गर्नुहोला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मौन अवधीमा मतदातालाई सम्बोधन गर्दै चलखेल गर्नेको पहिचान गरी सम्बन्धित निकायमा खबर गर्न अनुरोध गरेका छन् ।

‘मौन अवधि चलिरहेको छ । यो समयमा मतदाता भड्काउन अनेक चलखेल हुन सक्छ, त्यसता कार्य गर्ने सबैलाई प्रतिवाद गरी तिनको पहिचान गरी सम्बन्धीत निकायमा खबर गर्नुहोला,’ ओलीले एमालेको आधिकारिक फेसबुक पेज मार्फत भनेका छन् ।

उनले सबैलाई मतदान पक्रियामा सहभागी हुन पनि अनुरोध गरेका छन् ।  ‘समृद्ध नेपाल सुखी नेपालीका लागि सबै सभ्य नागरिक मतदान प्रकृयामा सहभागिता हुनुहोला,’ ओलीले भनेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया