असार २४, २०८२ मंगलबार July 8, 2025

माधव नेपालले गौर-१ र झलनाथ खनालले सुर्योदय-९ मा मतदान गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ को मतदान केन्द्रमा मतदान गर्ने भएका छन् ।

एकीकृत समाजवादीले बिहीबार विज्ञप्ति निकालेर दिएको जानकारीअनुसार शुक्रबार हुने स्थानीय तह निर्वाचनमा अध्यक्ष नेपालले गौर १, भन्सार बजार नजिक रहेको कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

यसैगरी इलामको सुर्योदय नगरपालिका–९ को मतदाता रहेका नेता झलनाथ खनालले करफोकस्थित करफोक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया