असार २४, २०८२ मंगलबार July 8, 2025

स्थानीय चुनावमा गठबन्धनले धाँधली गरेको एमालेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेकपा एमालेले पालिका चुनावमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमालेका महासचिव शंकर पोखरेलले आज आइतवार विज्ञप्ति निकालेर स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने चुनावलाई सत्ताधारी गठबन्धनले जसरी पनि जित्न धाँधलीका सहारा लिएको आरोप लगाउनुभएको छ ।

निर्वाचन आयोगलाई अचारसंहितामा भएको त्रुटि सच्याउन अनुरोध गर्दा अनेक टिप्पणी गर्ने सत्ता गठबन्धन दलका नेताहरूका निरन्तर आचारसंहिता विपरीत कार्यप्रति नेकपा एमालेले खेद व्यक्त गरेको छ । चुनावको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र एमालेको विपक्षमा परिचालित भएको एमालेको आरोप छ ।

एमालेका मतदाता र उम्मेदवारलाई हत्या र गिरफ्तार गर्ने, सत्ता गठबन्धनबाट हाकाहाकी पैसा बाँड्ने काम हुँदा समेत रोक्न प्रयास नगर्ने, बुथ कब्जा गर्ने तथा मतगणनाको क्रममा पनि गठबन्धनलाई फाइदा हुने गरी बदर मतलाई सदर गरेको, एमालेका प्रतिनिधि नै नराखेको लगायतका आरोप विज्ञप्तिमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार