असार २४, २०८२ मंगलबार July 8, 2025

२ सय ३९ स्थानीय तहको नतिजा सार्वजनिक (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ। मंगलबार बिहान ७ बजेसम्ममा २३९ पालिकाको नतिजा सार्वजनिक भएको छ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म नेपाली कांग्रेसले १०९ स्थानीय तहको प्रमुखमा जित हासिल गरेको छ। यस्तै नेकपा एमालेले ६४, नेकपा माओवादी केन्द्रले ५२, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले २ स्थानमा जितेका छन्। स्वतन्त्र लगायत अन्य ८ उम्मेदवारले पनि विभिन्न पालिकामा जित हासिल गरेका छन्।

मंगलबार ७ बजेको परिणामअनुसार कांग्रेसले २०५ स्थानमा अग्रता लिएको छ भने एमालेले १२२ स्थानमा अग्रता लिएको छ । त्यस्तै, माओवादी केन्द्रले ६४, नेकपा एकीकृत समाजवादीले १८, र जसपाले २७ स्थानमा अग्रता बनाएका छन्। लोकतान्त्रीक समाजवादीले ११ स्थानमा अग्रता लिएको छ। र, अन्यले २० स्थानमा अग्रता लिएका छन्।

उपप्रमुख/उपाध्यक्षतर्फ कांग्रेसले १०९, एमाले ६५, माओवादी ४७, एकीकृत समाजवादीले ९ स्थानमा जितेका छन्। यस्तै जसपा ३ र अन्य ४ स्थानमा अगाडि रहेका छन्।

उपप्रमुख/उपाध्यक्षतर्फ पनि कांग्रेसले १६७ स्थानमा अग्रता लिइरहेको छ। नेकपा एमालेले १४९, माओवादी केन्द्रले ८४, एकीकृत समाजवादीले १६, जनता समाजवादी पार्टी नेपालले २७, लोकतान्त्रीक समाजवादी पार्टी नेपालले ९ र अन्यले १४ स्थानमा अग्रता कायम गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार