असार २४, २०८२ मंगलबार July 8, 2025

स्थानीय निर्वाचनमा गठबन्धन धेरै प्रभावकारी भएनः जीवनराम श्रेष्ठ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (एकीकृत समाजवादी)को संसदीय दलका प्रमुख सचेतक जीवनराम श्रेष्ठले स्थानीय तह निर्वाचनमा गठबन्धन प्रभावकारी नभएको बताएका छन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको परिणाम आइरहेको बेला उनले आज यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘बल्ल परिणामहरू आउनेक्रम सुरु भएको छ । गठबन्धनको त्यति धेरै प्रभाव हाम्रो पार्टीको लागि भएन । तर पनि यो एउटा प्रक्रिया जारी रहेकोले अहिले निचोडमा पुग्ने बेला बनिसकेको छैन,’ आज संसद बैठकबाट बाहिरिने क्रममा श्रेष्ठले भने ।

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एस (एकीकृति समाजवादी), जनता समाजवादी पार्टी (जसपा), नेपाल र राष्ट्रिय जनमोर्चाबीच पाँच दलीय गठबन्धन बनेको थियो ।

स्थानीय तहको परिणामले गठबन्धन टुट्छ त ? भनि पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने, ‘यो सबै परिणामहरु आइसकेपछि समिक्षा हुनेछ । राष्ट्रिय आवश्यकताले बनेको गठबन्धन हो । यसको छुट्टै महत्व छ ।’

आज विहान मात्र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पनि चुनावी परिणामलाई लिएर गठबन्धनप्रति असन्तुष्टी जनाएका थिए । उनले गठबन्धनको समिक्षा गर्नुपर्ने बताएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार