असार २४, २०८२ मंगलबार July 8, 2025

कपिलवस्तुको बुद्धभूमिको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पूर्व–पश्चिम राजमार्गमा पर्ने कपिलवस्तुको बुद्धभूमि नगरपालिका नगर प्रमुख/उपप्रमुखमा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसका केशवकुमार श्रेष्ठले नेकपा एमालेका पिताम्बर खनाललाई ७८८ मतान्तरले पराजित गरे । श्रेष्ठ १४ हजार ३८४ मत ल्याई विजयी बनेका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी खनालले १३ हजार ५९६ मत ल्याएका थिए ।

त्यस्तै उपप्रमुखमा कांग्रेसकै मीरा थारु विजयी भएकी छिन् । उनले १४ हजार २८३ मत ल्याई विजयी भएकी हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी मन्जु चौधरीले १३ हजार ७१५ मत ल्याएकी थिइन् ।

विजयी दुवै जना ०७४ सालको स्थानीय निर्वाचनमा पनि विजयी भएका थिए । जिल्लाको ७ वटा स्थानीय तहको परिणाम आउँदा काग्रेसको तेस्रो जित हो । ३ स्थानीय तहको मतगणना भइरहेको छ । यहाँ १० स्थानीय तह छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार