असार २४, २०८२ मंगलबार July 8, 2025

गठबन्धनलाई भारी मतले पछिपार्दै कलैया उपमहानगरमा एमाले विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कलैया उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको छ । गठबन्धनलाई हराएर एमालेका विनोद साह प्रमुख र रौशन प्रविन उपप्रमुखमा विजयी भएका हुन् ।

उपमहानगरको प्रमुखमा एमालेका उम्मेदवार विनोद साह २४ हजार १३९ मत ल्याएर पाएका छन् । उनले प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेस बाराका सभापति समेत रहेका राजेश राय यादवलाई ५ हजार ५९९ मतको फराकिलो मतान्तरले पराजित गरेका छन् । यादवले १८ हजार ५४० मत प्राप्त गरेका छन् ।

हाल पराजित यादवको २०७४ को स्थानीय तह निर्वाचनमा साहसँगै प्रतिस्पर्धा भएको थियो । त्यसबेला प्रमुख ,उपप्रमुख दुवैमा काँग्रेसले जितेको थियो । १८६ मतको अग्रतामा काँग्रेसका वर्तमान सभापतिसमेत रहेका यादव निर्वाचित भएका थिए ।

०७९मा त्यसको गतिलो मतका साथ यादव उनको पार्टी कांग्रेससाग एमालेका जिल्ला अध्यक्ष समेत रहेका साहले बदला लिएका छन् ।
यस्तै उपप्रमुखमा एमालेकी उम्मेदवार रौशन परविन विजयी भएकी छन् । परविनले १९ हजार २५१ मत प्राप्त गरेकी छन् ।

उनले साझा गठबन्धनका जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार प्रमोद गुप्तालाई पराजित गरेकी छन् । संविधानसभा सदस्य समेत रहेका गुप्ताले १८ हजार ३०२ मत पाएका छन् । उनी ९४९ ले पछाडि परेका छन् ।

परिवन मुस्लिम समुदायकी गृहिणी महिला हुन् भने गुप्ता २०६४ सालका संविधानसभा सदस्य तथा २०७४ का कलैया उपमहानगर प्रमुखका उम्मेदवार हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार