असार २४, २०८२ मंगलबार July 8, 2025

नागार्जुन नगरपालिका प्रमुखमा मोहन बस्नेत भारी मतका साथ बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः काठमाडौंको नागार्जुन नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उमेदवार भारी मतका साथ विजयी भएका छन् । यस्तै उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार निर्वाचित भइन् ।

शनिबार सार्वजनिक अन्तिम मत परिणामानुसार प्रमुखमा कांग्रेसका मोहनबहादुर बस्नेत १० हजार १८६ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नन्दनहरि गौतमले ८ हजार ३६८ मत पाएको निर्वाचन अधिकृत पार्वती अर्यालले जानकारी दिएकी छन् ।

कांग्रेस वाग्मती प्रदेशका उपसभापति समेत रहेका बस्नेत नागार्जुन नगरपालिकाका निवर्तमान प्रमुख समेत हुन् । उपप्रमुखमा एमालेकी सुशीला अधिकारी यस अघी पनि निर्वाचित भएकी थिइन् । उनले ९ हजार ४७४ मत ल्याइन् ।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उमेदवार कल्पना नेपालीले दुई हजार ७५३ मत पाएकी छन् । गठबन्धन दलको सहमति बमोजिम जनता समाजबादी पार्टीबाट बिनोद श्रेष्ठ उपप्रमुखको उम्मेदवार उठेपनि उनको प्रभाव नगरभरी नै कम देखिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार