काठमाडौंः काठमाण्डौं महानगरपालिकाको वडा नम्बर – ३१ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका सरोज ढकाल ४ हजार ७६७ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाश रानाले २ हजार ९ सय ९१ मत पाए ।
वडाको खुल्ला सदस्य एक जना भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अहिलेसम्म महानगरमा अन्तिम परिणाम आएकामध्ये वडा नम्बर १, २, ३, ४, ५, ३१ र ३२ मा एमाले विजयी भएको छ ।
त्यसैगरी नेपाली कांग्रेस वडा नम्बर ६, ७, २७, २८ र ३० मा विजयी भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया