असार २५, २०८२ बुधबार July 9, 2025

स्थानीय तहको निर्वाचनमा पार्टीभित्रबाटै अन्तर्घात भयो: अध्यक्ष ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय तहको निर्वाचनमा पार्टीले सोचेअनुसार नतिजा ल्याउन नसकेको बताएका छन्।

नेकपा (एमाले) सङ्घीय संसदीय दलको बानेश्वरस्थित ल्होत्से हलमा आज आयोजित बैठकमा उनले पार्टीले स्थानीय तहको निर्वाचनमा सोचेअनुरूप नतिजा ल्याउन नसक्नुका कारण पार्टीभित्रकै अन्तर्घातका कारण भएको बताए।

अध्यक्ष ओलीले निर्वाचनमा पार्टीभित्रै अन्तर्घातबारेमा गम्भीर समीक्षा गर्न जरुरी भएको र प्रमुखले जितेको ठाउँमा पनि उपप्रमुखले हार्नुले पनि यो कुरा प्रष्ट भएको छ भने ।

एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार हालै सम्पन्न स्थानीय तहको निर्वाचन परिणामको संक्षिप्त चर्चा गरेर पार्टीका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका ओलीले सरकारले संसद्मा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमको चिरफार गर्दै सशक्त, तर्कयुक्त र तथ्यपरक ढङ्गले प्रस्तुत हुन सांसदहरुलाई निर्देशन दिए ।

अध्यक्ष ओलीले निर्वाचन परिणाम सन्तोषजनक नभएको समीक्षा गर्दै आगामी निर्वाचनमा थप योजनासहित अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार