असार २१, २०८२ शनिबार July 5, 2025

त्रिकोणात्मक सिरिज खेल्न नेपाल आइपुग्यो अमेरिकन टोली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्न अमेरिकन टोली नेपाल आइपुगेको छ । यही बुधबारदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने सिरिजमा घरेलु टोली नेपालसहित अमेरिका र ओमानले प्रतिस्पर्धा गर्नेछन् ।

सिरिज माघ २२ देखि २९ गतेसम्म हुनेछ ।

अमेरिकन टोली भारतको मुम्बईमा प्रशिक्षण र ३ दिन अभ्यास खेल खेलेर नेपाल आइपुगेको छ । सिरिजमा तीन टोलीबीच एकापसमा दुई–दुई खेल हुनेछ ।

अमेरिकी क्रिकेट टिम एक दशकपछि नेपाल आएको हो । सन् २०१० मा नेपालमै भएको डिभिजन ५ मा खेल्न अमेरिका पछिल्लो पटक काठमाडौं आएको थियो। डिभिजन ५ को फाइनलमा नेपालले अमेरिकालाई हराएर उपाधि जितेको थियो । तर लिग चरणमा नेपाल र अमेरिकाबीचको खेलमा नेपाली दर्शकले अभद्र व्यवहार गर्दा आर्इसीसीले अनुसन्धान नै गर्नुपरेको थियो । दर्शकको खराब व्यवहारपछि नेपाल भग्यमानी बन्दै सिंगापुरलाई रनरेटमा पछि पारेर फाइनल पुगेको थियो ।

लिग चरणको अन्तिम खेल अमेरिकाले जितेमा सीधै फाइनल पुग्ने थियो । नेपाल विजयी भएमा भने नेपाल र सिंगापुर फाइनल पुग्ने थियो । तर नेपाल पराजित भएको खण्डमा अमेरिका फाइनल पुग्थ्यो भने फाइनल पुग्ने दोस्रो टिमको निर्णय रनरेटमा हुन्थ्यो। यस्तो अवस्थामा नेपाल अमेरिकासँग हार्न लागेपछि नेपाल दर्शकले ढुंगा र बोतल मैदानमा फालेर खेललाई डिस्टर्व गरेका थिए । त्यसपछि ओभर घटाइएको खेलमा अमेरिका विजयी भए पनि नेपालले सिंगापुरलाई रनरेटमा पछि पारेको थियो ।

त्यस घटनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको नराम्रो छवि बन्यो। साथै नेपालले आईसीसीको धेरै अन्तर्राष्ट्रिय क्रिकेट आयोजना गर्ने अवसर पनि गुमाएको थियो ।

त्यसबेला खेलेको कुनै पनि खेलाडी अहिले अमेरिकन टिममा छैनन् । अहिलेको अमेरिकी टिममा भारत, वेष्ट इन्डिजदेखि दक्षिण अफ्रिका र अष्ट्रेलियाका खेलाडीहरू समेत छन् । नेपाली टिममा भने सन् २०१० मा डिभिजन खेलेका ४ खेलाडी अझै छन् । जसमा कप्तान ज्ञानेन्द्र मल्ल, निवर्तमान कप्तान पारस खड्का शरद भेषवाकर र विनोद भण्डारी छन् ।

सन् २०२३ को ओडिआई विश्वकपको रोडम्यापको रूपमा समेत रहेको यस विश्वकप लिग २ मा नेपालले पहिलो सिरिज खेल्न लागेको हो । यसअघि नै दुई सिरिज खेलिसकेको अमेरिका ८ खेलबाट १२ अंक जोड्दै अंक तालिकामा शीर्ष स्थानमा छ । अर्को टोली ओमान ८ अंकसहित चौथो स्थानमा छ । नेपालले खाता खोल्न बाँकी छ ।

यस्तै, सन् २०१८ मा पहिलो पटक ओडीआई मान्यता पाएपछि नेपालले घरेलु मैदानमा ओडीआई सिरिज खेल्न लागेको यो पहिलो पटक हो । समग्रमा भने नेपालको यो तेस्रो ओडीआई सिरिज हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार