काठमाडौंः नेकपा एमालेको अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भुसालमाथि कारबाही सिफारिस गरेकोमा सचिव योगेश भट्टराईले असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमार्फत् भट्टराईले आवेग र उत्तेजनामा गरिने क्रिया प्रतिक्रियाले सही ठाउँमा नर्याउने बताएका हुन्।
उनले ट्विटरमा लेखेका छन्, ‘अप्ठ्यारो बेलामा सबै सम्हालिनुपर्छ। आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा र्पुयाउँदैन। फेरि पनि बादे बादे जायते तत्व बोध।’
स्थानीय तहको निर्वाचनपछि एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भुसालले पार्टी नेतृत्वले गलत नीति लिँदा निर्वाचनमा एमालेले पराजय व्यहोर्नुपरेको भन्दै अध्यक्ष ओलीको आलोचना गरेका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया