असार २५, २०८२ बुधबार July 9, 2025

स्थानीय निर्वाचनमा गठबन्धन सफल भयो : डा महत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धन सफल भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे)को एसिया प्यासिफिकअन्तर्गत दक्षिण एसिया क्षेत्रबाट कार्यकारी सदस्यमा निर्वाचित हुनुभएका नेपाल प्रेस युयिनका अध्यक्ष बद्री सिग्देललाई आज प्रेस युनियनको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बधाई तथा सम्मान गर्दै उनले आगामी मङ्सिरमा हुने आमनिर्वाचनमा पनि गठनबन्धन कायम हुने र कांग्रेसबाट तलमाथि नहुने बताए ।

प्रवक्ता डा महतले प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्न आइएफजे महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्च भएको बताउँदै प्रेस युनियनका अध्यक्ष नै यसमा निर्वाचित भएपछि प्रेस स्वतन्त्रताका लागि नेपालले पनि यसको सदुपयोग गर्न पाउने उल्लेख गरे । उनले प्रेस युनियन कांग्रेसको शुभेच्छुक संस्था भएको र आगामी साउन ६ र ७ गते तोकिएको युनियनको महाधिवेशन सम्पन्न गर्न सक्दो सहयोग र सहजीकरण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

वरिष्ठ पत्रकार हरिहर वीरहीले नेपालको आइएफजेमा प्रेस युनियनका अध्यक्ष निर्वाचित हुनु नेपालको लोकतन्त्र र प्रेसप्रति सम्मान र सद्भाव भएको बताउँदै यो अवसरलाई युनियनले मौकाका रुपमा लिँदै सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले आइएफजेमा नेपाल निर्वाचित हुनु नेपालको प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लाागि महत्वपूर्ण अवसर र उपलब्धि हो भने । उनले नेपालमा हुने प्रेस स्वतन्त्रताबिरोधी क्रियाकलापको निगरानी र खबरदारी गर्न यसले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष सिग्देलले प्रेस युनियनको आगामी साउनमा तोकिएको महाधिवेशन निर्धारित समय मै हुने बताउँदै तयारी जुट्न सम्पूर्ण युनियनकर्मीमा आह्वान गरे ।

कार्यक्रममा युनियनका पूर्वकेन्द्रीय अध्यक्ष रमेश तुफान, युनियनका केन्द्रीय सल्लाहकारद्वय कविर राणा र शिव लम्साल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष ईश्वरी ओझा, महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, सञ्चारिका समूहका अध्यक्ष विमला तुम्खेवा, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय समाजका अध्यक्ष दामोदरप्रसाद दवाडीलगायतले बधाई दिँदै नेपालको मिडिया, प्रेस स्वतन्त्रता एवं श्रमजिवी पत्रकारका मुद्दामा आफ्ना धारणा व्यक्त गरेका थिए ।

प्रेस आइएफजेको सदस्यता लिने नेपालको पहिलो संस्था हो । नेपालमा प्रेस युनियनपछि नेपाल पत्रकार महासङ्घ र नेपाल युनियन अफ जर्नासिल्ट गरी आइएफजेका तीन संस्था सदस्य रहेका छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार