असार २६, २०८२ बिहिबार July 10, 2025

भरतपुर महानगर कार्यपालिकामा काङ्ग्रेसको बहुमत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा नेपाली काँग्रेसको उपप्रमुखसहित बहुमत सदस्य निर्वाचित भएका छन् । कार्यपालिका सदस्यको मङ्गलबार भएको निर्वाचनमा आठमध्ये पाँच जना काँग्रेसबाट निर्वाचित भएसँगै कार्यपालिकामा काँग्रेसको बहुमत भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनाअनुसार कार्यपालिकाको महिला सदस्यमा पाँचमध्ये चार जना काँग्रेसबाट निर्वाचित भएका छन् । काँग्रेसबाट वडा सदस्यमा सिर्जना अधिकारी, सुकमाया परियार, शारदा पोखरेल र नर्मदा सापकोटा निर्वाचित हुनुभएको हो । नेकपा (माओवादी केन्द्र) की बीना नेपाली पनि निर्वाचित भएकी छन् ।

दलित तथा अल्पसङ्ख्यकबाट काँग्रेसका गोपाल दराई, माओवादी केन्द्रका विष्णुबहादुर भुजेल र नेकपा (एकीकृत समाजवादी) की कोपिला उपरकोटी निर्वाचित भएको सूचनामा उल्लेख छ । भरतपुर महानगरमा निर्वाचित कार्यपालिका सदस्यसहित महानगर परिषद् सदस्य सङ्ख्या १५० पुगेको छ । जसमध्ये कांग्रेसका ७६, नेकपा (एमाले) का ५२, माओवादी केन्द्रका ११, एकीकृत समाजवादीका ६, राप्रपाका चार र स्वतन्त्रका एक जना छन् ।

कार्यपालिकामा कांग्रेसको २२, एमालेको ६, माओवादी केन्द्रको ६, एकीकृत समाजवादीको चार र स्वतन्त्रबाट एक जना विजयी भएका छन् । महानगरपालिकामा २९ वडा छन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार