असार २५, २०८२ बुधबार July 9, 2025

जिसस बाँकेको प्रमुखमा काँग्रेसका चौधरी र उपप्रमुखमा पनि काँग्रेसकै कार्की विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जिल्ला समन्वय समिति बाँकेको प्रमुखमा नेपाली कांग्रेसका ज्ञानेन्द्रकुमार चौधरी निर्वाचित हुनुभएको छ। शुक्रबार सम्पन्न भएको निर्वाचनमा खसेको १६ मत मध्ये १३ मत प्राप्त गर्दै चौधरी प्रमुखमा निर्वाचित हुनुभएको हो।

उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा)का उमेशकुमार कुर्मीले ३ मत प्राप्त गर्नुभयो। उप–प्रमुख पदमा भने नेपाली कांग्रेसकी नेतृ सीता कार्कीको एकल उम्मेदवारी परेकाले उहाँलाई निर्विरोध निर्वाचित घोषणा गरिएको छ।

 यस्तै समन्वय समितिको सदस्य (महिला) पदमा नेकपा (माओवादी केन्द्र) की चमेली थरुनी र रेवती दमाई पनि १३/१३ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। यसैगरी जसपाकी तरन्नुन बानो शेषले ३ मत प्राप्त गरेर निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिनुभयो। महिला सदस्यमा तीन जना निर्वाचित हुने व्यवस्था छ।

समन्वय समितिको सदस्य (खुला) मा भने नेपाली कांग्रेसका उदयनारायण मिश्र, जुलफकार अली मनिहार र सन्तकुमार थारु तथा दलित वा अल्पसंख्यक सदस्यमा जगदिश वाल्मिकी निर्विरोध निर्वाचित हुनुभएको छ।

बाँकेमा कुल ८ वटा स्थानीय तह रहेका छन्। यी मध्ये नेपाली कांग्रेसले कोहलपुर नगरपालिका तथा राप्ती सोनारी, डुडुवा, जानकी र बैजनाथ गाउँपालिकामा प्रमुख र उपप्रमुख दुबै पद जितेको छ। यस्तै नेपालगन्जमा कांग्रेसले प्रमुख र जसपाले उपप्रमुख जितेको छ।

खजुरा गाउँपालिकामा प्रमुखमा माओवादी केन्द्र तथा उपप्रमुखमा कांग्रेसले जितेको छ, भने नरैनापुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै पद जसपाले जितेको छ। समन्वय समितिको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने व्यवस्था रहेको छ। उक्त निर्वाचनका लागि कुल १६ जना मतदाता थिए।  मध्ये १२ जना मतदाता नेपाली कांग्रेसका र जसपाका तीन तथा माओवादीका एक जना थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार