असार २५, २०८२ बुधबार July 9, 2025

कमल थापा एक्लिदै – यी दुई विश्वास पात्र राप्रपामै फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राप्रपा नेपालका अध्यक्ष कमल थापाका विश्वास पात्र चन्द्र बहादुर गुरुङ र उद्धव पौडेल राप्रपामा फर्किएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार गुरुङ र पौडेललाई पार्टीमा स्वागत गरेका हुन् ।

थापाले राप्रपा नेपाल गठन गरेपछि उपाध्यक्ष बनेका उद्धव पौडेल र कोषाध्यक्ष बनेका चन्द्रबहादुर गुरुङ पुनः राप्रपामै फर्किएका हुन् । दुबै नेतालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पार्टीमा स्वागत गरे ।

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी गठन गर्ने भएपछि पौडेल र गुरुङले पनि राप्रपा छाडेर थापालाई साथ दिएका थिए । सोमबार राप्रपाका फर्किएका उनीहरुलाई के जिम्मेवारी दिने भन्ने नखुलेको राप्रपाका एक नेताले बताए ।  उनीहरु कमल थापाका विश्वास पात्र भएपनि साथ छाडेका हुन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले थप ४ वटा विभागमा नेतृत्व मनोनित गरेका छन् ।पार्टीको विधान बमोजिम उनले स्थानीय तह परिचालन विभागमा उपाध्यक्ष रोशन कार्कीलाई मनोनित गरेका छन् ।

यस्तै उनले महिला विभाग प्रमुखमा महामन्त्री कुन्ती कुमारी शाहीलाई मनोनित गरेका छन् । यस्तै प्रमुख केन्द्रीय सदस्य डा राजेश गिरी शिक्षा विभागमा र ज्वाला संग्रौला सामाजिक विभाग प्रमुखमा मनोनित भएका पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताएका छन् ।

यसैगरी पार्टीको धुलिखेलमा सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सल्लाहकार समितिका अध्यक्ष निरन्जन थापाको संयोकत्वमा गठित विवाद समाधान तथा छानविन समितिलाई पूर्णता दिइएको छ ।

समितिमा महामन्त्री प्रल्हाद प्रसाद शाह सदस्य सचिव र ऋषि वावु परियार, केन्द्रीय सदस्य सरस्वती के।सी अधिकारी र वरिष्ठ अधिवक्ता राजु वस्नेत सदस्य रहेका छन् ।

यसअघि अध्यक्ष लिङदेनले राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा संगठन विभाग प्रमुखमा मनोनित गरेका थिए महामन्त्री राणालाई संगठन विभाग प्रमुख र अर्का महामन्त्री भुवनकुमार पाठकलाई अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा मनोनित गरेका हुन् ।

त्यस्तै उपाध्यक्ष बुद्धिमान तामाङ राजनीतिक विभाग प्रमुख, अर्का उपाध्यक्ष ध्रुवबहादुर प्रधान प्रशिक्षण विभाग प्रमुख र डा. रामप्रसाद उप्रेती स्वास्थ्य विभाग प्रमुख मनोनित भएका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले नजिकिँदो प्रदेश र संघको निर्वाचनलाई लक्षित गरेर कार्यक्रम गरिरहेको छ । राजेन्द्र नेतृत्वको नयाँ नेतृत्वको विरासत फर्काउने आशा गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार