असार २१, २०८२ शनिबार July 5, 2025

ओमानविरुद्ध नेपाल बलिङ गर्दै, करणले लिए दुई विकेट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । तीन राष्ट्र सम्मिलित आइसिसी विश्वकप लिग–दूई त्रिकोणात्मक शृङ्खला अन्तगर्त पहिलो खेलमा नेपालले अहिले ओमानसँग खेलिरहेको छ । टियु त्रिकेट मैदानमा टस जितेर नेपालले पहिले फिल्डिङ गरेको हो ।

नेपालका लागि करण केसीले दुई विकेट दिलाएका छन् । उनले ओमानका खबार अली र जतिन्दर सिंहलाई आउट गरेका हुन् । सात ओभरको खेल सकिँदा ओमानले मात्र १९ रन बनाउन सकेको छ ।

नेपालमा पहिलोपटक भएको यो प्रतियोगितामा सहभागी हुन ओमान र अमेरिकाको टिम नेपाल आएको छ । माघ २९ गतेसम्म चल्ने त्रिकोणात्मक शृखंलमा कूल ६ खेल हुनेछन । नेपालले दोस्रो खेल अमेरिकासँग माघ २५ गते शनिबार खेल्नेछ । यस्तै तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ र चौथो तथा अन्तिम खेल नेपालले अमेरिकासँग माघ २९ गते खेल्ने तालिका रहेको छ ।

ओमान २०१२ पछि पहिलो पटक नेपाल आएको हो । सन २०२३ को एकदिवसीय विश्वकपको रोडम्यापको रुपमा समेत रहेको यस विश्वकप लिग–२ मा नेपालको यो पहिलो शृङ्खला हो । यसअघि नै दुई सिरिज खेलिसकेको अमेरिका ८ खेलबाट १२ अंक जोड्दै अंक तालिकामा शीर्ष स्थानमा छ । ओमान ८ अंकसहित चौथो स्थानमा छ ।

सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा एकदिवसीय शृङ्खला खेल्न लागेको यो पहिलोपटक हो भने समग्रमा नेपालको तेस्रो एकदिवसीय शृङ्खला हो ।

पहिलो पटक सन २००८ को डिभिजन पाँचमा आमनेसामने भएका अमेरिका र नेपाल ११ पटक एकदिवसीयमा आमनेसामने भएका छन् । जसमा नेपालले ५ पटक जितेको छ भने अमेरिकाले ३ खेल जितेको छ । ३ खेल भने नतिजा बिहीन भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार