असार २५, २०८२ बुधबार July 9, 2025

अहंमता नलिन जनप्रतिनिधिलाई नेता सिंहको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली काँग्रेसको नेता एवं पूर्व महामन्त्री प्रकाशमान सिंहले निर्वाचित जनप्रतिनिधिलाई जितेपछि मै हुँ भन्ने अहंमता नलिन आग्रह गर्नुभएको छ ।

नेपाली कांग्रेस बनेपा नगर समितिले आज बनेपामा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित काँग्रेसका जनप्रतिनिधिलाई बधाई तथा शुभकामना’ कार्यक्रममा उहाँले पार्टीले कामका आधारमा जनप्रतिनिधिको उचित मूल्याङ्कन गर्ने बताउनुभयो ।

जनताले काम गर्न दिएको मौकालाई उचित उपयोग गरेर देखाउन आग्रह गर्दै नेता सिंहले पार्टीले जारी गरेको प्रतिबद्धता पत्र अनुसार काम गर्न जोड दिनुभयो ।

उहाँले अबको स्थानीय सरकारले उत्पादन र रोजगारी सिर्जना गरेर नागरिकलाई वडा स्तरमा नै काम गर्ने वातावरण तयार गर्दै उत्पादित वस्तुलाई बिक्रीका लागि बिक्री केन्द्र स्थापना गर्ने योजना अगाडि सार्न समेत आग्रह गर्नुभयो ।

उहाँले आगामी निर्वाचनमा पनि यही तरिकाले अगाडि बढ्ने भएकाले निर्वाचित जनप्रतिनिधिले सचेत भएर आफ्नो जिम्मेवारी र भूमिकालाई प्रभावकारी बनाउने काममा लाग्न निर्देशनसमेत दिनुभयो ।

“अब सङ्घीयतालाई बलियो बनाउनका लागि सबै प्रदेश सरकारले आवश्यक कानुन निर्माण गरेर संविधानबाट प्राप्त अधिकारलाई उपयोग गर्ने वातावरण तयार गर्न आवश्यक छ”, उहाँले भन्नुभयो, “कांग्रेस पार्टी सधैँ राष्ट्र र जनताको हितमा काम गर्ने पार्टी भएकाले कसैको हल्ला र लहडको पछि लागेर हिँड्ने छैन ।”

काँग्रेसका केन्द्रीय सदस्य गणेश लामाले निर्वाचनमा पार्टीको नेतृत्वले धेरै सुझबुझका साथ गठबन्धन बनाएर अगाडि बढेकै कारण पार्टीले अहिलेको उपलब्धि हासिल गर्न सकेको बताउँदै त्यसलाई टिकाउन जरुरी रहेको बताउनुभयो ।

बागमती प्रदेश समितिका महामन्त्री कञ्चनचन्द्र बादे र जिल्ला सभापति तीर्थ लामाले निर्वाचनमा व्यक्ति लडेको नभई पार्टी लडेका कारण त्यसमा निर्वाचित कसैले अहंमता नदेखाई पार्टीले जारी गरेको प्रतिबद्धता पत्र अनुसार काम गर्न आग्रह गर्नुभएको छ । आगामी पाँच वर्षभित्रमा परिवर्तन भएको महसुस हुने गरी काम गर्नसमेत उहाँहरूले जनप्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।

नेपाली काँग्रेसबाट बनेपा नगरपालिका प्रमुखमा निर्वाचित नगरप्रमुख शान्तिरत्न शाक्यले प्रतिबद्धताअनुसार नै काम अगाडि बढाइरहेको बताउनुभयो ।

रातिको समयमा सडकमा हिँड्दा झिलिमिली बत्ती बाल्ने काम, पुण्यमाता खोला खोल्ने काम र काभ्रे एकीकृत खानेपानीलाई छिट्टै वितरण गर्ने चरणमा आफू नेतृत्वको नगरपालिका लागिरहेको उहाँले बताउनुभयो ।

सो क्रममा नेपाली कांग्रेस बनेपा नगर समितिले सो अवसरमा २०७४ मा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा २०७९ को स्थानीय तह निर्वाचनमा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार