असार २५, २०८२ बुधबार July 9, 2025

जिसस म्याग्दीमा एमालेको क्लीन स्वीप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जिल्ला समन्वय समिति म्याग्दीमा नेकपा एमालेको प्यानल विजयी भएको छ । आइतबार सम्पन्न निर्वाचनमा प्रमुख, उपप्रमुखसहित सात जना सदस्यहरुमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको हो ।

जिसस प्रमुखमा नेकपा एमालेका उम्मेदवार राजकुमार थापा र उपप्रमुखको उम्मेदवार दिलकुमारी खत्रीले सात मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचत अधिकृत तेजनारायण पौडेलले जानकारी दिनुभयो ।

यसैगरी, नेपाली कांग्रेस र माओवादीको गठबन्धनका तर्फबाट प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार मनकुमारी विक र उपप्रमुखका उम्मेदवार सोहन श्रेष्ठले ५ मत प्राप्त गर्नुभयो ।

गठबन्धनले अन्य जिसस सदस्यहरुमा मनोनयन दर्ता नगरेकाले एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।

एमालेको तर्फबाट प्रमुख पदमा निर्वाचित थापा बेनी नगरपालिका १ रत्नेचौरबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । यसैगरी, उपप्रमुख पदको उम्मेदवार खत्री मङ्गला गाउँपालिका १ कुुहुँबाट वडा सदस्यमा निर्वाचित हुनुभएको हो ।

निर्विरोध निर्वाचित हुने सदस्यहरुमा कृष्णदत्त पौडेल पाध्या (बेनी),श्रीप्रसाद गर्बुजा (धवलागिरि) देब गर्बुजा पुन(अन्नपूर्ण) महिला सदस्यहरु कविता वि.क (मंगला) गौमति चपाईं (मालिका) धनकुमारी सुनार (रघुगङ्गा) र दलित वा अल्पसङ्ख्यकबाट जानकी विश्वकर्मा निर्विरोध चयन हुनुभएको मुख्य निर्वाचित अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचित प्रमुख, उपप्रमुख र सदस्यहरुको सोमबार शपथग्रहण र पदभार ग्रहणको कार्यक्रम राखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एक नगरपालिका र पाँच गाउँपालिका गरी छ वटा स्थानीय तह रहेको म्याग्दीमा १२ मतभार थियो । एमालेको ७ मत, कांग्रेस ३ र माओवादीको २ मतभार छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार