असार २६, २०८२ बिहिबार July 10, 2025

चीनबाट उद्धार गरिने नेपालीलाई काठमाडौँ र भक्तपुरका चार ठाउँमा राख्न प्रधानमन्त्रीको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट उद्धार गरिने नेपालीहरुलाई उपत्यकाका चार ठाउँमा राख्न निर्देशन दिएका छन्।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उपप्रधान तथा रक्षा, गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या र पर्यटन मन्त्री, मुख्य सचिव र सम्बद्घ सचिवहरू, सुरक्षा अधिकारीहरूसहितको विशेष बैठकमा प्रधानमन्त्री ओलीले चीनबाट उद्धार गरिने नेपालीहरुलाई काठमाडौँ र भक्तपुरका चार स्थानमा राख्ने व्यवस्था गर्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ओलीले शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटी गरी चार स्थानमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी राख्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया