असार २४, २०८२ मंगलबार July 8, 2025

हात्तीले कसरी थाहा पाउँछ भूकम्प आउने समय ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हात्ती जमिनमा बस्ने सबैभन्दा ठूलो स्तनधारी जनावर हो। यो मुख्य रूपमा अफ्रिका, दक्षिण एसिया र दक्षिण पूर्वएसियामा पाइन्छ।

ठूला–ठूला कान तथा दाँत हुने यो जनावरको मानिसबाहेक सम्पूर्ण प्राणी जगतमा सबैभन्दा विकसित दिमाग छ। यसलाई बुद्धिमान जनावरमा गणना गरिन्छ। यही जनावरका बारेमा केही रोचक तथ्य यस्ता छन्,

–   मानिसहरूको बच्चामा औंला चुस्ने बानी भएजस्तै हात्तीको बच्चा पनि सानोमा आफ्नो सूँढ चुस्छन्।

 –    हात्तीले आफ्नो सूँढको सहायताले चित्र बनाउन सक्छन्।

–    यिनीहरू आफ्नो साथी मरेमा उसका हड्डीहरू जम्मा गरेर गाड्छन्।

–    हात्ती कमिला तथा माहुरीसँग डराउँछन्।

–    अन्यत्र हुनेभन्दा अफ्रिकामा हुने हात्ती सबैभन्दा ठूला हुन्छन्।

 –    एक अध्ययनअनुसार विश्वमा लगभग ४ लाखभन्दा बढी हात्ती छन्।

–    जंगलमा हात्तीको औसत जीवनकाल लगभग ५० देखि ७० वर्षको हुन्छ।

–    हात्ती सामाजिक तथा शाकाहारी प्राणी हो ।

–    यो एक बुद्धिमान प्राणी हो। जसले देखेरै धेरै कुरा सिक्न सक्छ।

–    सम्पूर्ण स्तनधारीमा हात्तीको सबैभन्दा लामो २२ महिनाको गर्भकाल हुन्छ।

–    हात्तीको सूँढले एउटा चामलको दाना पनि टिप्न सक्छ। काँचो अण्डालाई पनि नफुटाइकन उठाउन सक्छ।

–    मानिसले हात मिलाएजस्तै यिनीहरू आफ्नो सूँढ मिलाउँछन्।

–    हात्ती दौडन सक्दैन। तर, यो ४० किलोमिटर प्रतिघन्टाको गतिमा हिँड्न सक्छ।

–    आफ्नो खुट्टाको संवेदनशील कोशिकाको माध्यमबाट हात्ती भूकम्पीय संकेत महसुस गर्न सक्छन्।

–    हात्ती धेरैजसो पानीमा खेल्न रुचाउँछन् ।

–    यिनीहरू भावनात्मक हुन्छन्। दुःख महसुस गर्ने, शोक मनाउने र रुने पनि गर्छन्।

–    हात्ती थाइल्यान्डको राष्ट्रिय  जनावर हो। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया