काठमाडौंः जनता समाजवादी पार्टी (जसपा) नेपालले मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
अध्यक्ष उपेन्द्र यादव समूहको बैठकले आफ्नो पार्टीका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । उक्त बैठकमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षलाई बोलाइएको थिएन ।
बैठकले अब कसलाई मन्त्री बनाउने भन्ने अधिकार उपेन्द्र यादवलाई दिने निर्णयसमेत गरेको छ ।हालै प्रचण्डसँगको भेटमा यादवले मन्त्री फेरबदलका लागि सहयोग गर्न आग्रह गरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया