असार २६, २०८२ बिहिबार July 10, 2025

राष्ट्रिय सभाबाट तीन विधेयक पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  राष्ट्रिय सभाबाट बजेट आश्रित तीनवटा विधेयक पारित भएको छ।

राष्ट्रिय सभाको आज (शुक्रबार) बसेको बैठकले बजेटसँग जोडिएर आएका आर्थिक विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक २०७९ र ऋण तथा जमानत (२५औं संशोधन) विधेयक, २०७९ बहुमतले पारित गरेको हो।

प्रतिनिधिसभाले यी तीनवटै विधेयक पारित गरेर असार ६ गते राष्ट्रिय सभामा पठाएको थियो। राष्ट्रिय सभाले पारित गरेर सन्देशसहित तीनवटै विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएपछि त्यहाँबाट पुनः पारित गरिन्छ।

विनियोजन विधेयक र बजेट आश्रित तीन गरी चारैवटा विधेयकलाई प्रतिनिधिसभाबाट पारित भएसँगै संघीय संसदबाट आगामी आर्थिक वर्षको बजेट पूर्ण रुपमा पारित हुनेछ।

यसका लागि प्रतिनिधिसभाको बैठक असार २० गते बस्दैछ। प्रतिनिधिसभाबाट पारित चारवटै विधेयक सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ। राष्ट्रपतिबाट बजेट र बजेट आश्रित विधेयकहरु प्रमाणीकरण भएपछि मात्रै बजेट खर्च गर्ने बाटो खुल्छ।

असारभित्रै यी सबै काम हुने भएपछि आगामी साउन १ बाट नयाँ आर्थिक वर्ष सुरु हुन्छ र बजेट खर्च गर्ने प्रक्रिया थालिन्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार
प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी तीनदिन देखी सम्पर्कविहीन
२०८२ असार २६, बिहिबार
संघीय संसदका ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८२ असार २६, बिहिबार