असार २५, २०८२ बुधबार July 9, 2025

माले पोलिटब्यूरो सदस्य कुमार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा रहेका कुमार श्रेष्ठ राप्रपा नेपाल प्रवेश गरेका छन् । नेकपा (माले)का पोलिटब्यूरो सदस्य रहेका श्रेष्ठ, केन्द्रीय सदस्य वीरसिंह तामाङ लगायतलाई शनिवार राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरेका हुन् ।

सो अवसरमा अध्यक्ष थापाले राप्रपा नेपाल मुलुकको राष्ट्रिय राजनीतिमा जबर्जस्त ढंगले अगाडि बढ्ने दाबी पनि गरे । राजनीतिक दलका नेता, कर्मचारीतन्त्र र बिचौलियाहरूको त्रिशंखु गठबन्धनले मुलुकलाई समस्याको दलदलमा फसाएको भन्दै उनले धर्म परिवर्तन, बेरोजगारी, भ्रष्ट र कुशासन अन्त्यको निमित्त जनता जागरुक हुनुपर्ने बताए ।

थापाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, केन्द्र र स्थानीय तहको मात्र संरचना, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थाले मात्र अहिले देखिएको समस्या समाधन हुने बताए । नवप्रवेशी कुमार श्रेष्ठले अब राप्रपा नेपालले अबलम्बन गरेको बाटोबाट मुलुकको स्वाधिनताको रक्षा, प्रजातन्त्रको संरक्षण र मुलुकको समृद्धि हुने निष्कर्षसहित समाहित भएको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार