असार २६, २०८२ बिहिबार July 10, 2025

‘दुई पटक बढी प्रधानमन्त्री हुन नपाउने व्यवस्था गरौँ’ – कमल थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले दुई पटक बढी एउटै व्यक्ति प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्न माग गर्नुभएको छ। शनिबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय संयोजित संगठनको भेलालाई सम्बोधन गर्नुहुँदै थापाले यस्तो बताउनुभएको हो। पार्टीको स्वार्थका लागि ६ ६ महिनामा पार्टी परिवर्तन गर्ने प्रवृत्ति गलत भएको उहाँको भनाइ छ।

‘‘पार्टीको स्वार्थ परिपूर्तिको निमित्त ६/६ महिनामा पार्टी परिवर्तन गर्ने प्रवृत्तिले अस्थिरताको सिर्जना भइरहेको छ। यो विकृतिको अन्त्यका निमित्त राप्रपा नेपालले संसदीय व्यवस्था उपयुक्त हुँदैन भनेर जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था हुनुपर्छ भनेको छ’’, थापाले भन्नुभयो, ‘मन्त्री हुन सांसद नै हुनुपर्छ भन्ने हुँदैन। दुई पटक भन्दा बढी एउटै व्यक्ति प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्छ।’’

अध्यक्ष थापाले मन्त्रीको प्रलोभन दिएर र पैसा खर्च गरेर मन्त्री, प्रधानमन्त्री हुने व्यवस्थाले नेपालको हित गर्न नसकेको बताउनुभयो। उहाँले व्यापारी र विदेशीबाट उठाएको पैसाले चुनाव लड्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताउनुभयो। अध्यक्ष थापाले प्रदेश सरकारमा पनि व्यापक विकृति र विसंगती हुन थालेको बताउनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार
प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी तीनदिन देखी सम्पर्कविहीन
२०८२ असार २६, बिहिबार
संघीय संसदका ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८२ असार २६, बिहिबार