असार २५, २०८२ बुधबार July 9, 2025

ललितपुर एमालेद्वारा १० नेता कार्यकर्ता पार्टीबाट निष्कासन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गएको स्थानीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने र उनीहरूको पक्षमा उभिने १० जना नेता कार्यकर्तालाई ललितपुर एमालेले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन निर्णय गरेको छ ।

ललितपुर एमालेको १, २ र ३ क्षेत्रको जिल्ला कमिटी भेलाको निर्णयपछि उनीहरूलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । पार्टीले निष्कासन गरेकाहरूमा विनोद ताम्रकार, पुरुषोत्तम खड्का, बुद्धलक्ष्मी महर्जन, बाबुरत्न महर्जन, मंगल तामाङ, वीरबहादुर तामाङ, दानरत्न मानन्धर, रामबहादुर केसी, सुन्दर खड्का र शिवराम खड्का रहेका छन् ।

पार्टी जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्यले गत असार ४ गते बसेको जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले स्थानीय निर्वाचन २०७९ को संक्षिप्त प्रारम्भिक समीक्षा गरी मातहत कमिटीबाट समीक्षा प्राप्त भएपश्चात् पूर्ण समीक्षा गर्ने निर्णय गरेको बताएका थिए । उनले त्यसैबेला जिम्मेवार नेताहरूलाई आ-आफ्नो कार्यक्षेत्रमा रचनात्मक ढंगले लागू गराउन विभिन्न सर्कुलर जारी गरेको गरेका थिए ।

यसैगरी विगतमा पार्टी महाकाल गाउँपालिकाको इन्चार्ज रहेकी विमला दुलालले जिम्मेवारी बमोजिम समय प्रदान गरी कामको व्यवस्थापन गर्न नसकेको मूल्याङ्कन सहित उनलाई सो जिम्मेवारीबाट हटाई महाकाल गाउँपालिका सहइन्चार्ज श्याम शर्मा बजगाईंलाई इन्चार्जको जिम्मेवारी तोकेको छ । बैठकले मातहत कमिटीहरूलाई स्थानीय तह निर्वाचन समीक्षा बैठक आगामी असार २० सम्म सम्पन्न गरी २२ गतेसम्ममा अनिवार्य जिल्ला कमिटीमा प्रतिवेदन पेस गर्न सर्कुलर जारी गरेको छ ।

उक्त कमिटीलाई समीक्षा बैठकमा निर्वाचन तयारी तथा परिचालन,नेता कार्यकर्ताको जिम्मेवारी र भूमिका,गठबन्धनको अवस्था र अवसरसँग पार्टीको सहकार्यको अवस्था,अन्तर्विरोध र अन्तर्घातका सम्बन्धमा गम्भीर छलफल गर्न सर्कुलर जारी गरिएको छ ।

स्थानीय तह र वडाबाट आएको प्रतिवेदनका आधारमा अन्य नेताहरूलाई पनि कारबाहीको तयारी भएको एक जिल्ला नेताले बताए । यसैगरी पार्टी जिल्ला कमिटीले २०७९ चैत सम्मको पार्टी सदस्यता नवीकरण यही असार मसान्त सम्म गरिसक्न समेत सबैमा अपिल जारी गरेको छ । न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार