असार २५, २०८२ बुधबार July 9, 2025

प्रदेश नम्बर १ को बजेट बहुमतले पारित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रदेश १ को बजेट बहुमतले पारित भएको छ। आइतबारको प्रदेशसभा बैठकमा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेश विनियोजन विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो।

प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले राखेको प्रस्ताव बहुमतले पारित भएको जानकारी दिए। यस अघि प्रतिपक्षीदल नेकपा एमालेको तर्फबाट तुलसी प्रसाद न्यौपानेले प्रदेश विनियोजन विधेयकमा खर्च कटौतीको प्रस्ताव राखेका थिए।

आर्थिक वर्ष ०७९/८०को प्रदेश १ को बजेट शिर्षक नम्बर  २२ हजार ४ सय को सेवा तथा परामर्श शिर्षकमा १ सय  रुपैयाँ कटौटीको प्रस्ताव बहुमतले अस्वकिृत भएको सभामुख भण्डारीले बताए। प्रदेश १ को सरकारले गत असार १ गते  आर्थिक वर्ष ०७९/८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको थियो। बजेट माथिको मन्त्रालयगत छलफल शनिबार सम्पन्न भएको थियो। शनिबार नै प्रदेश १ का मुख्यमन्त्री तथा अन्य  सम्बन्धीत मन्त्रालयका मन्त्रीहरूले बजेटका विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार