असार २६, २०८२ बिहिबार July 10, 2025

अखिल (क्रान्तिकारी)को समानान्तर समिति १ सय ९७ सदस्यीय (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रज्ञा भवनमा नेकपा माओवादीको केन्द्रिय समितिको पुर्ण बैठक चलिरहँदा सोही पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्की समूहले भने समानान्तर समितिलाई पूर्णता दिएको छ ।

अध्यक्ष पञ्चा सिंहले संगठनमा विधान बिपरित पदाधिकारी चयन देखी केन्द्रीय समितिमा सदस्य थप गरेको भन्दै लामो समय देखी असन्तुष्ट कार्की समुहले अखिल क्रान्तिकारी बिशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेर समानान्तर गतिविधिमार्फत पूर्णता दिएको हो ।

सो समूहले १ सय ९७ सदस्य केन्द्रिय आयोजक समिति गठन गर्दै प्रदेश १ मा भरत घिमिरे, मधेस प्रदेशमा शिवराज धमला, बाग्मती प्रदेशमा सुरजसिंह ठकुरी, गण्डकी प्रदेशमा विकास भट्टराई, लुम्बिनी प्रदेशमा बिनोद बराल, कर्णाली प्रदेशमा पदम नेपाली, सुदूरपश्चिममा सिके भट्ट र बिशेष प्रदेशमा सञ्जिव कार्कीलाई इन्चार्ज संयोजक तोकेको छ ।
सो समूहका उपदेश यादवका अनुसार झन्डै २ दर्जन केन्द्रिय विभागमा पनि इन्चार्ज र सह–इन्चार्ज तोकिएका छन । आगामी बैठकले राष्ट्रिय सम्मेलनको मिति तय गर्ने यादवले जानकारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार