काठमाडौंः टीभीएस मोटर्सले रेट्रो डिजाइन मोटरसाइकल सार्वजनिक गरेको छ । टीभीएसले भारतीय बजारमा मोर्डन रेट्रो डिजाइनमा नयाँ मोटरसाइकल सार्वजनिक गरेको हो ।
कम्पनीले एक कार्यक्रम आयोजना गर्दै नयाँ मोटरसाइकल रोनीन सार्वजनिक गरेको हो । टीभीएस मोटर्सले मोटरसाइकलका साथै मर्चेन्डाइजसमेत सार्वजनिक गरेको छ । मर्चेन्डाइजमा हेलमेट, ज्याकेट, टिसर्ट रहेका छन् ।
टीभीएस रोनीनमा अल न्यू २२५.९ सीसी क्षमताको इन्जिन दिइएको छ । उक्त इन्जिनले ७७५० आरपीएममा २० बीएच पावर तथा ३७५० आरपीएममा १९.९३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरका साथै स्लीपर क्लचसमेत ग्राहकले पाउने छन् ।
यसको फ्रन्टमा राउन्ड सेप एलइडी हेडल्याम्प रहेको छ । यसमा टी सेप एलइडी डिआरएल दिइएको छ । त्यस्तै, क्लासिक डिजिटल स्मार्ट क्लष्टर र भ्वाइस कमान्ड फिचरसमेत उपलब्ध रहेको छ ।
कम्पनीले यो मोटरसाइकलको फ्रन्टमा गोल्डेन कलर यूएसडी फर्क सस्पेन्सन र रियरमा मानोशक सस्पेन्सन दिएको छ । रोनीनको राइडिङ पोस्चर अप राइड पोजिशनिङ छ भने कम्र्फटका लागि वाइड सिंगल पिस सिट दिएइको छ ।
त्यस्तै यो मोटरसाइकलमा १७ इन्च ह्वील, दुबै चक्कामा डिस्क ब्रेकका साथै एबीएस फिचर पाउन सकिन्छ । यसका अलावा रोनीनमा राइड मोड, फुल एलइडी हेडल्याम्प, टी सेप एलइडी डीआरएल, साइलेन्ट स्र्टाट फिचर जस्ता फिचर दिइएको छ ।
विभिन्न तीन भेरियन्टमा उपलब्ध रहने रोनीनको मूल्य भारतमा १ लाख ४९ हजारदेखि १ लाख ६८ हजार भारतीय रुपैयाँ एक्स शोरुम मूल्य तोकेर विक्री सुरु गरेको हो ।
नेपालमा टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले यसलाई केही समयपछि ल्याउने अनुमान गर्न सकिन्छ । मेरोअटो
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया