काठमाडौंः प्रतिनिधिसभाको उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको आज (बुधबार)को बैठकमा उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका थिए ।
उपसभामुखको निर्वाचनका लागि भोलि (बिहीबार) मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । उपसभामुखमा मनोनयन दर्ता गर्न बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म समय निर्धारण गरिएको छ ।
त्यस्तै, मतदान भने शुक्रबार हुनेछ । उपसभामुखको मतदान संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो ३ बजेका लागि तय गरिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया