श्रावण ५, २०८२ सोमबार July 21, 2025

नेपाल टेलिकमको अनलिमिटेड भ्वाइस प्याक अफर – ६० जीबी डेटासहित एसएमएस पनि फ्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल टेलिकमले आफ्ना पोस्टपेड प्रयोगकर्ताका लागि नयाँ अफर सञ्चालनमा ल्याएको छ । यो सँगै नेपाल टेलिकमका पोस्टपेड प्रयोगकर्ताहरूले ९ सय ९९ रुपैयाँमा एक महिना सम्म कुनै पनि नेटवर्कमा अनलिमिटेड कुराकानी गर्न सक्नेछन् ।

यसका साथै प्रयोगकर्ताले यही प्याक अन्तर्गत ६० जीबी डेटा समेत प्राप्त गर्ने जनाइएको छ । प्रतिदिन २ जीबीका दरले प्रयोगकर्ताले ३० दिन सम्म ६० जीबी डेटा प्रयोग गर्न सक्नेछन् । साथै ४०० ओटा एसएमएस पनि उपलब्ध हुने जनाइएकाे छ ।

कम्पनीले ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’ अन्तर्गत यो अफर ल्याएको हो । यो अफरको लागि *१४१५# डायल गर्न सक्नुहुन्छ ।  अथवा नेपाल टेलिकमको मोबाइल एपबाट पनि यो प्याक खरिद गर्न सकिने छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया