श्रावण ५, २०८२ सोमबार July 21, 2025

मोबाईल फोनमा ब्याट्री टिकाउने ४ तरिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अहिले स्मार्टफोन अत्यावश्यक वस्तु भएको छ, जुन केही वर्षअघि विरलै आवश्यक पर्थ्यो । फोन गर्नका लागि मात्र नभई आफन्त तथा साथीभाइलाई टेक्स्ट गर्न, फोटो खिच्न, कतिपय कार्यालयका काम गर्नसमेत फोनको प्रयोग गरिन्छ ।

झन् इन्टरनेट जोडिएको छ भने त, फोन सिँगारिएकी बेहुलीजस्तै देखिन्छ । सामान्य अर्थमा भन्दा त्यसको प्रयोग झन् बढ्छ । उदाहरणका लागि मानौं तपाईंसँग चार्ज कम टिक्ने फोन छ । तपाईं त्यही फोन साथमा लिएर आफ्ना कोही साथीसँग बाहिर घुम्न निस्कनुभयो । फर्किँदा त्यहीँ रात पर्‍यो । बस्नलाई उपयुक्त ठाउँ छैन । फोनमा चार्ज पनि २५ प्रतिशत मात्र बाँकी छ । त्यहाँ भएका साथीहरू कसैसँग पनि पावर बैङ्क छैन ।

त्यसैमा तपाईंले फोनलाई लाइटका रूपमा प्रयोग गरिरहनु भएको छ, जसले गर्दा फोनको चार्ज तीव्र रूपमा घटिरहेको छ । घर फोन गर्ने वा एप खोलेर राइडरलाई बोलाउने चार्ज पनि छैन ।

अनुमान लगाउनु त यस्तो बेला तपाईंको हालत के होला ? हामीले सिकाएको यो टिप्स पालना गर्नुभयो भने तपाईंले ब्याट्री चाँडै सकिने सकिने कुराको तनाव लिइरहनु पर्दैन ।

एपहरू फोर्स क्लोज गर्ने

तपाईंले कुनै पनि एप प्रयोग गरेर अर्को एपमा शिफ्ट हुँदा पहिले पहिले प्रयोग गरेको एप पूर्ण रूपमा बन्द गर्नु हुँदैन होला । हामी प्रायः कुनै अर्को एपमा सिफ्ट हुँदा पहिले प्रयोग एपका बारेमा खासै वास्ता गर्दैनौं ।

कुनै पनि एप बन्द नगर्दा त्यसले ब्याकग्राउन्डमा बढी चार्ज खपत गरेको हुन्छ । तपाईंले कुनै पनि एप एकपटक प्रयोग गरेर अर्कोपटक प्रयोग नगर्नु पर्ने अवस्था आयो भने सो एपलाई क्लोज गर्न सक्नुहुन्छ ।

त्यस्तै तपाईंले ब्याकग्राउन्डमा चलिरहेका हुनै पनि एपलाई फोर्स क्लोज गर्नका लागि बीचको की (मल्टिटास्किङ की) मा थिची क्रस मार्कमा ट्याप गर्नुभयो भने ब्याकग्राउन्डमा भएका सबै एप हराउँछन् ।

फोनको ब्राइटनेस घटाउनुहोस्

ब्याट्री खपत गर्ने अर्को प्रमुख कारक हाे, ब्राइटनेस । फोनको चार्ज लामो समयसम्म टिकाइरहन तपाईंले ब्राइटनेस घटाएर प्रयोग गर्ने बानी बसाउनुपर्ने हुन्छ । झन् बाहिर कतै गएको छ र चार्ज छिटो घटिरहेको छ भने बुझ्नुस्, तपाईंको ब्राइटनेस आवश्यकभन्दा बढी छ ।

अनावश्यक फिचरहरू बन्द गर्नुहोस्

ब्याट्री खपत हुनुमा केही भूमिका फोनको फिचरको पनि हुने गर्छ । तपाईंले फोनका केही फिचरहरू आवश्यक नहुँदा पनि अञ्जानमा प्रयोग गरिरहनु भएको हुनसक्छ । विशेषगरी वाई-फाई, ब्लुटुथ, मोबाइल डेटा, लोकेसन, अटो सिंकजस्ता फिचरले पनि ब्याट्री निकै खपत गरिरहेका हुन्छन् ।

वाई-फाई, ब्लुटुथ, मोबाइल डेटा, लोकेसनलाई अन राखेको खण्डमा यिनीहरूले आफ्नै तरिकाले काम गरिरहेका हुन्छन् । जुन तपाईंलाई त्यसबेला केही आवश्यक नभएका हुन् । त्यसैले तपाईं कतै जानुभयो र त्यहाँ ब्याट्री बचाउनुपर्ने अवस्था आयो भने तपाईंले यी फिचरहरू बन्द गर्नुहोला ।

अल्ट्रा पावर सेभिङ मोडको प्रयोग

तपाईंको चार्ज कम हुँदै गइरहेको छ । वा मानौं १० देखि १५ प्रतिशतको बीचमा छ । तपाईंलाई सो फोन केही अति आवश्यक कामका लागि मात्र प्रयोग गर्नु छ । यस्तो अवस्थामा तपाईंले अल्ट्रा पावर सेभिङ मोडको प्रयोग गर्न सक्नुहुन्छ ।

यसले तोकिएका केही एपबाहेक अन्यलाई ब्याकग्राउन्ड वा फोरग्राउण्डमा चल्न प्रतिबन्ध नै लगाइदिएको हुन्छ । तपाईंले अल्ट्रा पावर सेभिङ मोड प्रयोग गरिसकेपछि केही आधारभूत फिचरहरू प्रयोग गर्न सक्नुहुन्छ ।

यसमा तपाईंले ६ वटा अन्य विभिन्न एपहरू छान्न सक्नुहुन्छ । तपाईंले छानेका एप वाई-फाईबाट वा डेटा जुन प्रयोग गरेर पनि एप चलाउन सक्नुहुन्छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु-१६ युथ लिग : चर्च ब्वाइज र फ्रेन्ड्स विजयी
२०८२ श्रावण ५, सोमबार
तुइनमै चुँडियो नारायणको सपना
२०८२ श्रावण ५, सोमबार
इञ्जिनियरिङ क्याम्पसमा पठनपाठन १३ दिनदेखि ठप्प, विकेन्द्रीकरण र स्वायत्तता पुनः लागूको माग
२०८२ श्रावण ५, सोमबार
त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय
२०८२ श्रावण ५, सोमबार
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार