असार २३, २०८२ सोमबार July 7, 2025

पत्रकारकाे परिचय पत्र सहित ठगी तथा कीर्ते गरेको अभियोगमा वाशुदेव अर्याल पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं:  नक्कली छाप र दस्तखतको प्रयोग गरी ठगी तथा कीर्ते गरेको अभियोगमा ललितपुर महानगरपालिका-१५ सातदोबाटो बस्ने मकवानपुर थाहा नगरपालिका-६ घर भएका २१ वर्षीय वाशुदेव अर्याललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-११ त्रिपुरेश्वरस्थित सीतापाइला बस्ने प्युठान, प्युठान नगरपालिका-४ घर भएका प्रकाश राज भण्डारीको फल्कोनाइड इम्पोर्ट एण्ड एक्सपोर्ट प्रालिको नाउँको नक्कली छाप र प्रकाश राजको नक्कली दस्तखत प्रयोग गरी नेपाल एसबिआई बैंक लिमिटेडको खाताबाट असम्बन्धित ब्यक्तिले पैसा निकाली रहेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले घटनामा संलग्न अर्याललाई विभिन्न दशी प्रमाण सहित काठमाडौं कलंकीस्थित नेपाल एसबिआई बैंक लिमिटेडबाट पक्राउ गरेको हो ।

 उनी उपर लिखत सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत काठमाण्डौंबाट ७ दिन म्याद थप अनुमति प्राप्त गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

अनुसन्धानमा खुल्न आएका तथ्य:

१. निज अभियुक्तले प्रकाश राज भण्डारीको दस्तखतसहितको चेक फेला पारी पीडितको नक्कली दस्तखत तथा कम्पनीको नक्कली छाप बनाएको र सोही प्रयोग गरी नेपाल एस.बी.आई बैंकबाट चेकबुक हराएको भनी थप चेकबुक निकालेको थियाे ।

२. निज अभियुक्तले सौरभ डंगोलको सवारी चालक अनुमति पत्र फेला पारी सोही नाम र सोही सवारी चालक अनुमति पत्रको प्रयोग गरी रकम निकाल्ने कार्य गरेको प्रहरी अनुसन्धाबाट खुलेकाे छ ।

३. निजले हालसम्म रु. १०,३५,०००।– (अक्षरेपी दश लाख पैँतिस हजार) रकम निकालेको भेटिएको छ ।
४. निजसँग “तिखोकलम डट कम” नामक सञ्चार संस्थाको पत्रकारको परिचय-पत्र समेत रहेको प्रहरीले बताएकाे छ ।

बरामद भएका दशी / प्रमाण:

१. वाशुदेव अर्यालको नाउँको सवारी चालक अनुमति-पत्र तथा पत्रकार परिचय-पत्र ।

२. सरोज डंगोलको नाउँको सवारी चालक अनुमति-पत्र ।

३. सरोज डंगोलको नाममा काटिएको फल्कोनाइड इम्पोर्ट एण्ड एक्सपोर्ट प्रा.लि.को नाउँमा खाता रहेको नेपाल एस.बि.आई. बैंक लिमिटेडको नगद रु. ६५,०००।– (पैसठ्ठी हजार) को दस्तखत सहितको चेक थान-१ ।

४. सरोज डंगोलको नाउँमा काटिएको फल्कोनाइड इम्पोर्ट एण्ड एक्सपोर्ट प्रा.लि.को नाउँमा खाता रहेको नेपाल एस.बि.आई. बैंक लिमिटेडको नगद रु. २०,०००।– (बीस हजार) को दस्तखत सहितको चेक थान-१ ।

५. बिभिन्न कम्पनी तथा संस्थाको छापहरु थान-८ ।

६. बिभिन्न ब्यक्तिहरूको दस्तखत अभ्यास गरिएको डायरी (नोट बुक) थान-८ ।

७. बिभिन्न कम्पनीको सिमकार्ड जम्मा थान-१६ ।

८. मोबाइल थान-२ ।

उक्त घटना सम्बन्धमा पक्राउमा परेको निज वाशुदेव अर्याल उपर मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-२१ को दफा-२४९ ‘ठगी सम्बन्धी कसुर’  तथा परिच्छेद-२५ को दफा-२७६ ‘लिखत सम्बन्धी कसूर’ अन्तर्गत काठमाण्डौ जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमति प्राप्‍त भई प्रहरी बृत्त कालिमाटीबाट थप अनुसन्धान भई रहेको प्रहरीले बताएकाे छ ।

साथै, निज वाशुदेव अर्यालले अन्य ब्यक्ति/संस्था समेतलाई ठगी गरेको हुन सक्ने भएकोले पीडितलाई प्रहरी बृत्त कालिमाटीमा जाहेरी दिनु हुन अनुरोध समेत गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार