श्रावण ६, २०८२ मंगलबार July 22, 2025

अब ३८ हजार माथिका मोबाइल ल्याउन नपाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले ३०० अमेरिकी डलर अर्थात ३८ हजार २५३ रुपैयाँ भन्दा माथिका मोबाइल आयातमा प्रतिबन्ध लगाएको छ । विदेशी मुद्राको सञ्चिति घट्दै गएको भन्दै सरकारले गत वैशाख १३ गते अत्यावश्यक नभएका १० वस्तु असार मसान्तसम्म आयात गर्न नदिने निर्णय गरेको थियो ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पुरानो व्यवस्थामा थप परिमार्जन गर्दै मोबाइल आयातमा थप कडाइ गरेको छ । गत बैशाख १३ गते सरकारले ६०० अमेरिकी डलर भन्दा बढी मूल्यका मोबाइल फोन आयात गर्न रोक लगाएको थियो ।

त्यसमा कडाइ गर्दै यस पटक ३०० अमेरिकी डलर भन्दा बढी मूल्यका फोन आयातमा रोक लगाएको छ । साउन १ गते भन्दा अगाडि ३०० डलर देखि ६०० अमेरिकी डलर सम्म मोबाइल फोन आयात गर्न भन्दै प्रतीतपत्र (एलसी) खोलेका बस्तुमा भने आयात प्रतिबन्ध लाग्ने छैन । तर, आजबाट भदौ १४ गतेसम्म भने ३०० डलर भन्दा माथिका मोबाइलको लागि एलसी खोल्न पाइने छैन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार