असार २६, २०८२ बिहिबार July 10, 2025

राष्ट्रिय सभा बैठकमा नागरिकता संशोधन विधेयक पेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ माथि छलफल सुरु भएको छ ।

छलफलमा भाग लिँदै सांसदहरुले नागरिकता जस्तो संवेदनशील विषयमा विभिन्न प्रावधान कसिलो हुनुपर्ने, विदेशी महिलाले नेपालीसँग बिहे गरेको ७ वर्षपछि मात्र अङ्गीकृत नागरिकता पाउने व्यवस्था हुनुपर्ने र आमाको नामबाट नागरिकता पाउन आमाले बाबुको पहिचान नखुलेको स्वघोषणा गर्ने प्रावधानले महिलाको अपमान गरेको हुँदा संशोधन गर्नुपर्ने सुझाव दिनुभयो ।

सांसदहरु देवेन्द्र दाहाल, नारायणकाजी श्रेष्ठ, विमला राई पौडेल, पार्वती रावल, खिमलाल देवकोटा, प्रतिमा कुमारी, सुमित्रा विसि, भगवती न्यौपाने, इन्दिरा कुमारी गौतम, गोपाल भट्टराई, तुलप्रसाद विश्वकर्मा लगायतले विदेशी महिलाले नेपालीसँग विवाह गरेको ७ वर्षपछि मात्र नागरिकता पाउने व्यवस्था कायम गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गर्नुभयो ।

यसअघि बैठकको सुरुमा नै राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ सभा समक्ष टेबुल गर्नुभएको थियो । सचिव फुयाँलले प्रतिनिधिसभाबाट नेपाल इन्जिनियरिङ परिषद् पहिलो संशोधन विधेयक २०७६ र ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयक २०७५ सभालाई फिर्ता पठाइएको जानकारी दिनुभयो ।

यसैगरी, बैठकमा खानेपानीमन्त्री उमाकान्त  चौधरीले खानेपानी तथा सरसफाइ विधेयक २०७६ लाई दफावार छलफलका लागि प्रस्तुत गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार